मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पालिकाको वडा नं. ५ अर्मनको वडा कार्यालयको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले विकास निर्माण कार्यलाई प्रार्दशी, योजना छनौटमा प्राथमिकरण र कृषि, पशुपालनको अनुदान वितरणमा बास्तविक किसान र जनतालाई समेट्न आग्रह गरेका हुन् ।![](https://myagdikali.com/wp-content/uploads/2024/04/4cf0e916-c3c9-43a9-b27e-df8a8f3cd3ae.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2024/04/4cf0e916-c3c9-43a9-b27e-df8a8f3cd3ae.jpg)
सार्वजनिक सुनुवाईमा उपस्थित बिरेन्द्र बुढाथोकीले पालिकामा वितरण हुने बजेट वितरणमा एकरुपता र आवश्यकताका आधारमा वितरण गर्नुपर्ने कुनै वडामा बढी कुनैमा कम नर्गन आग्रह गर्नुभयो । त्यस्तै श्याम सुन्दर कडेंलले वडामा संचालित आयोजना सम्पन्न भएर भुक्तानी लिन जादा भुक्तानीमा ढिला भएको गुनासो गर्नुभयो । भिम बहादुर खत्रीले कृषि र पशु क्षेत्रमा वितरण गरेको अनुदान बालुवामा पानी हाले जस्तै भएको उल्लेख गर्नुभएको थियो ।![](https://myagdikali.com/wp-content/uploads/2024/04/43558c2c-9345-4b35-b1a7-a3ea5fc3b92f.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2024/04/43558c2c-9345-4b35-b1a7-a3ea5fc3b92f.jpg)
उहाँले अनुदान प्राप्त गरेका किसानले कृषि औजार प्रभावकारी रुपमा प्रयोग गरेर प्रतिफल आउने किसिमले काम गरेका छन वा छैनन् भन्ने विषयमा जनप्रतिनिधि र कर्मचारीले प्रभावकारी अनुगमन बढाउन आग्रह गर्नुभएको थियो । शिक्षा क्षेत्रको सुधार, विद्यार्थी बृद्धी र बसाईसराई रोक्न योजना बनाउन आग्रह गरेका थिए ।![](https://myagdikali.com/wp-content/uploads/2024/04/9820fd4b-9308-4019-b277-3c11f631688a.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2024/04/9820fd4b-9308-4019-b277-3c11f631688a.jpg)
कार्यक्रममा उपस्थितले पूर्वाधार निर्माणमा गुणस्तरीय सामानहरु प्रयोग भएको छ वा छैन भन्ने विषयमा प्रभावकारी निरिक्षण र अनुगमन नभएका जस्ता बिषयहरु एठाएका थिए । सार्वजनिक सुनुवाईमा उठेको जिज्ञाशाको जवाफ दिदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको विस्तारै प्रतिफल देखिदै आएको बताउदै आगामी दिनहरु बास्तविक किसानलाई अनुदानमा समेट्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले कृषि क्षेत्रमा सोचेजस्तो उपलब्धी नभएपनि केही किसानले अनुदानबाट राम्रो प्रगति गरेको बताउनुभयो ।![](https://myagdikali.com/wp-content/uploads/2024/04/e6ab3307-997d-4f3e-93b5-d266a1cdefe5.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2024/04/e6ab3307-997d-4f3e-93b5-d266a1cdefe5.jpg)
गाउँबाट उर्जाशिल युवाहरु विदेश पलायनले उर्भर खेतीबारी बाँझो हुने क्रम बढेको छ। गाउँमै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिने गरेको बताउनुभयो । गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, ब्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री क्षेत्रीले पालिकाभित्र संचालन भएका साना देखि ठुला योजनाहरुमा स्थलगत पुगेर अनुगमन प्रश्चात भुक्तानी दिएको बताउनुभयो । अनुगमनको क्रममा कृषि र पशुपालनका अनुदानलाई किसानले दुरपयोग गरेको भेटिएको बताउदै आगामी दिन दुरपयोग नहुने किसिमले वितरण गरिने प्रतिवद्धता जनाउनुभयो ।![](https://myagdikali.com/wp-content/uploads/2024/04/aa891c4b-287d-4e60-8582-b004b7365ba7.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2024/04/aa891c4b-287d-4e60-8582-b004b7365ba7.jpg)
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलले आगामी बर्षमा सुझाव अनुसार पालिकाभित्र भएका जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै गाउँपालिकाका इन्जिनियर रुचेन्द्र अधिकारीले बाटोको स्तरोन्नतीमा गुणस्तरीय सामानहरु प्रयोग भएको छवा छैन् नापजाँच गर्ने प्रविधि र जनशक्तिको अभाव भएको बताउनुभयो ।![](https://myagdikali.com/wp-content/uploads/2024/04/df2857d3-c134-4ec2-b335-918af22c88eb.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2024/04/df2857d3-c134-4ec2-b335-918af22c88eb.jpg)
गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत पौडेललको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । वडाअध्यक्ष,कर्मचारी, राजनीकि दलका प्रतिनिधि र मंगलाबासीको उपस्थित रहेको थियो ।