सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय परिवेश अनुसार अझैं भाउ बढेर डेढ लासम्म पुग्ने आकलन गरिएको छ ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन तोलामा रुपैया २९ सयले र चाँदीमा रुपैयाँ ५५ ले बृद्धि भएको हो ।

छापावाल सुनमा रुपैयाँ २९ सयले बढेर तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा २९ सयले बढेर तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५५ ले बढेर तोलाको १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पहेलो धातु चाँदी तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।   सफल आवाज

Leave a Reply