डा.महावीर पुनको अनुसन्धान,नवप्रवर्तन र आविष्कारको लागि स्थापित राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ बहराइनमा मोना सांगीतिक साँझ-२०२४को आयोजना गरिएको छ । बहराइनमा रहेका म्याग्देलीको साझा संस्था मोना बहराइनले मे २ मा चर्चित गायक प्रकाश दुतराज, सम्भोज मल्ल गायिका पूर्णिमा लामा र मेडल अस्मि थापाले आफ्नो प्रस्तुति दिने भएका छन् । मोनाको सांस्कृतिक साँझको तयारी तथा प्रचारप्रसारलाई तिब्रता दिएको मोना बहराइनका अध्यक्ष विकास पुनले बताए ।

‘१७ बर्षपछि सांगीतिक साँझ हुदैछ, बरहाइनमा रहेका म्याग्देलीहरू एकजुट भएर कार्यक्रम सफल पादैंछौ’ अध्यक्ष पुनले भने । उनका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नाँगीमा जन्मिएर आविष्कारको क्षेत्रमा सक्रिय महाबीर पुनको अभियानलाई साथ दिन कार्यक्रम गरिएकाले बहराइनमा रहेका नेपालीहरुको समेत उत्साहजनक उपस्थिती हुने छ ।

मोना बहराइनको अभियानमा मोना अन्तराष्ट्रिय, एनआरएन बहराइन लगायतका संघसंस्थाले समेत सहयोग गरेका छन् । आर्थिक संकलन तथा प्रचारप्रसारका कार्यक्रमहरुलाई तिब्रता दिएको अध्यक्ष पुनको भनाई छ । सांगीतिक कार्यक्रमबाट हुने मुनाफा रकम महावीर पुनले नेपालमा स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग गरिनेछ ।

फराकिलो सोच र राष्ट्रको हितमा हिँडेका महावीर पुन कस्ता व्यक्ति हुन् भन्ने बारेमा देश विदेशमा चर्चाको विषय बनेको छ । सूचना र प्रविधिलाई नजिकबाट नियालेर ग्रामीण विकासलाई प्रविधिमय बनाउने सशक्त वैज्ञानिक महावीर पुनको कार्यले यतिवेला सम्पूर्ण नेपालीको मन जितेको छ । एकपछि अर्काे गर्दै देशको हितमा उल्लेख्य कार्य गर्दै आइरहेका महावीर पुन राष्ट्रको विकास र समृद्धिका लागि निस्वार्थ खट्ने नागरिक-रूपमा परिचित छन् ।

Leave a Reply