म्याग्दीको मंगला गाउँपालिका–४,थापुङमा एक घरमा आगलागी भएर विस्थापितलाई मंगला गाउँपालिकाले सहयोग गरेको छ ।गएको चैत्र २१ गते आगलागी हुदाँ विस्थापित भएका झकबहादुर चोचाङ्घीलाई खाद्यान्न, लत्ताकपडा, कम्बल लगायतका राहत साम्रागी हस्तान्तरण गरिएको छ ।

दुईतले कच्ची घरमा एक्कासी आगलागी भएपछि छिमेकीले चोचाङ्घी र उनका भाईलाई सुरक्षित स्थानमा लगेपछि सम्पूर्ण सामान जलेर नष्ट भएपछि छिमेकीले खाद्यान्न सहयोग गरेका थिए । दुबै भाई नबोल्ने र घरमा अन्य परिवार समेत नभएकाले तत्काल पुननिर्माण सहितको राहत आवश्यकता रहेको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्रीले बताउनुभयो ।

राहत साम्रागी हस्तान्तरणमा जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री लगायतको उपस्थिती रहेको थियो । ढुंगा–माटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन ।

पीडितलाई स्थानीयले टिनको छाप्रो हालेर राखिएको छ। स्थानीयबासीका अनुसार आर्थिक अवस्था नाजुक भएकाले सहयोगको आवश्यकता छ ।

Leave a Reply