हरिकृष्ण गौतम,धुब्रसागर शर्मा

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झण्डै २० लाख डलर सहयोग (दान) गरेका छन् । गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका कृष घिमिरे, अम्मर छन्त्याल,जगत घिमिरे,सुदर्शन पौडेल, सबी थापा, लगाएतका ६६ जनाले मन खोलेर सहयोग गरेका छन् । म्याग्देलीले ५ लाख डलरभन्दा बढी सहयोग गरेको यूवा सुर्दशन पौडेलले बताए ।

अमेरिकामा रहेका नेपालीहरुमा आध्यात्मिक भाव विकसित गर्नुका साथै आफ्नो धर्म,संस्कृति र परम्परासँग आफ्ना सन्ततिहरुलाई परिचित गराउने उद्धेश्यले आयोजन गरिएको उक्त महायज्ञमा रोजगार,व्यवसाय,अध्ययन वा विभिन्न प्रयोजनका लागि अमेरिकाको मेरिल्याण्डमा रहेका म्याग्देलीहरुको उपस्थिति रहेको थियो ।

मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अमेरिकाको बाल्टिमोरमा व्यवसाय गर्दै आएका म्याग्दीको बेनी नगरपालिका २ का कृस घिमिरेले एक लाख ५० हजार डलर सहयोग (दान) गर्ने प्रतीबद्धता जनाएको वाल्टिमोरबाट जगत घिमिरेले बताए । हिन्दू बुद्ध मन्दिरका वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरेले यस अघि पनि उक्त मन्दिरलाई ५० हजार डलर सहयोग गरेकोमा अहिले एक लाख डलर थपेर १ लाख ५० हजार डलर पु¥याएका छन् ।

घिमिरे दोस्रो ठूलो रकम दान गर्ने दानविर बनेका छन् । ‘म्याग्देलीको सहयोग देखेर नेपाली समुदाय नै दंग परेका छन्, बुद्ध नेपाल जन्मिएको र हिन्दु नेपालीको यो अभियानबाट सबै उत्साहित छन्’ घिमिरेले भने । उनका अनुसार म्याग्देलीले महायज्ञको क्रममा समेत विभिन्न माध्यमबाट सहयोग गरेका थिए ।

कशलयात्रा सहित महायज्ञमा पुग्ने, भक्तजनहरुलाई सहयोग गर्ने कार्यमा म्याग्देली अग्रपंतीमा थिए । मेरिल्याण्डमा रहेका म्याग्देलीहरुबाट गरी पाँच लाख डलर संकलन भएका ेसुदर्शन पौडेलले बताए । म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतको समूहले पनि महायज्ञमा २ लाख ३० हजार डलर सहयोग (दान) गरेका छन् ।

यस अघि पनि मन्दिरका लागि कृष घिमिरे,जगत घिमिरे,सुदर्शन पौडेल,कृष्ण केसी, नरेश केसी लगाएत म्याग्देली युवाहरुले दुई लाख डलर भन्दा बढी सहयोग गरिसेका छन् ।

म्याग्देली समाजका अध्यक्ष कृष्ण केसीले विदेशी भूमिमा व्यस्त जीवनशैलीका बिच आयोजित महायज्ञ तथा धार्मिक महोत्सव २०८० मा म्याग्देली युवाहरुबाट अभूतपूर्व सहयोग प्राप्त भएको बताए ।

म्याग्देली युवाहरु पार्किङ व्यवस्थापन गर्नेदेखि लिएर हरेक दिन सम्पूर्ण कार्यमा स्वयंसेवीको भूमिका निर्वाहा गरेर महायज्ञ सफल बनाउन ठूलो सहयोग गरेको समाजसेवी सबी थापाले बताइन् । त्यसैगरी हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी म्याग्दीकै समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि महायज्ञको पहिलो दिन नै ७० हजार डलर चन्दा दिए । ‘म्याग्देलीको मन कति ठूलो छ भन्ने प्रमाणित भएको छ, यहाँ धेरै सहयोग गर्ने अधिकांस म्याग्देली छन्’ मोना अन्तराष्ट्रियका अध्यक्ष अम्मर छन्त्यालले भने ।

महापुराण एवम् आध्यात्मिक महोत्सवका संचार संयोजक सृजन ताम्राकारका अनुसार महायज्ञको पहिलो दिन (मार्च ३०) ७० हजार डलर, ,मार्च ३१ मा एक लाख,२८ हजार, २२३ डलर,अप्रिल १ मा ६०,५७२ ,अप्रिल २ मा ८५,२८० ,अप्रिल ३ मा १,९०,४१८ ,अप्रिल ४ मा १,३७ ,४६६। अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको छ ।

महायज्ञमा वाचन प्रवीण दीनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको जनाइएको छ ।

Leave a Reply