मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो । चैते दशै अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न आइतब

सोमबारे औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने श्रद्धालु भक्तजनको मुस्ताङको कागबेनी धाममा भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो । वर्षको अन्तिम महिना चैते दसै र दसैको अगावै औँसीको दिनमा हुने सोह्र श्राद्ध विशेष गरी हिन्दु धर्मावलम्बीहरूको विशेष दिन हो ।

‘‘सोमबार कागबेनीमा पिण्ड तर्पण गरेपछि दिवङ्गत पितृहरूले मोक्ष पाउने जनविश्वास छ । कागबेनीमा पिण्ड दान र तर्पण गरेपछि श्रद्धालु भक्तजन मुक्तिनाथको दर्शन गर्न जाने गर्दछन् । दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको सङ्गममा रहेको कागबेनी धाममा पिण्ड तर्पण गरेर मुक्तिनाथ दर्शन गरेमा मुक्ति पाउने जनविश्वास पनि रहेको छ ।

Leave a Reply