राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको पुस्तकालयलाई सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत क्याम्पसलाई १० हजार बराबरको पुस्तक सहयोग गरेको हो। बैंकका शाखा प्रबन्धक नवराज ढुंगाना, सहायक प्रबन्धक सुवास तिमिल्सिनाले क्याम्पस प्रमुख पितमबहादुर खत्रीलाई पुस्तक हस्तान्तरण गर्नुभएको छ।

पश्चिम म्याग्दीको एक मात्र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम समेत गरिसकेको बैंकले आगामी दिनमा समेत विभिन्न रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख खत्रीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए)मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको क्याम्पसले भौतिक पूर्वाधार सहित पुस्तकालयलाई समेत ब्यवस्थित र आधुनिक बनाउने प्रयासमा रहेको बताउनुभयो ।

स्थानीयले चन्दा संकलन गरी शिक्षकको तलब, भौतिक पूर्वाधारका लागि ३३ रोपनी खरिद गरी क्याम्पसको १८ कोठा, सभाहल रहेको छ भने छात्राबास र प्रशासनीक भवन निर्माणधिन अवस्थामा रहेको छ ।

Leave a Reply