म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भिरमुनी युवा कल्वको तेस्रो साधरण सभा तथा पहीलो अधिवेशनबाट दिपेन्द्र खत्री ‘नविन’को अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा अंकित बानियाँ, उपाध्यक्ष लक्ष्म कार्की, सचिव सुनिल खत्री, सहसचिव हरि पौडेल, कोषाध्यक्ष जनुका दर्जी सर्वसम्मतिले चयन गरिएको छ ।

समितिको सदस्यहरुमा अर्जुन खत्री, सिजन खत्री, कुमारी दर्जी, शान्त बानियाँ र दिपेन बानियाँ रहेका छन् । भिरमुनी गाउँमा हुने विकास निर्माण, सामाजिक एवम् खेलकुदको क्षेत्रमा सक्रिय रहेको क्लवले समुदायस्तरमा हुने कार्यक्रमहरुलाई प्राथमिकता दिने नवनिर्वाचत अध्यक्ष नविन खत्रीले बताउनुभयो ।

 

Leave a Reply