म्याग्दीलाई जापानमा चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुन लागेको प्रथम म्याग्दी (मोना) ईताबासी फेस्टिवलको रौनकता बढेको छ । आगामी अप्रिल २७ र २८ तारिखमा हुने फेस्टिवलमा म्याग्दी, गण्डकी प्रदेश एवम् नेपालका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुको जापानी समुदायमा प्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने गरी प्रचारप्रसार सहित आर्थिक संकलन अभियानमा म्याग्देली जुटेका छन् ।

जापानका विभिन्न क्षेत्रमा पुगेर फेस्टिवलका बारेमा प्रचारप्रसार तथा आर्थिक सहयोग र नेपाली समुदायलाई स्वागत गर्ने गरी कार्यक्रमहरु भइरहेको मुल संयोजक ज्ञानेन्द्र कार्कीले बताउनुभयो । ‘सबैप्रकारको तयारीलाई एकसाथ अगाडी बढाइरहेका छौ,यो फेस्टिवलले म्याग्दीलाई चिनाउन ठूलो भूमिका खेल्नेछ’ संयोजक कार्कीले भन्नुभयो ।

मोना जापानले गण्डकी प्रदेश अन्तर्गतका संघसंस्थाहरु बिच भएको अन्तरक्रिया कार्यक्रम तथा समुदायस्तरमै पुगे प्रचारप्रसार गरिएको छ ।फेस्टिवलमा म्याग्दी जिल्लाका पर्यटकीयस्थल, म्याग्दीमा उत्पादन हुने अर्गानिक बस्तु सहित गण्डकी प्रदेशभित्रका धार्मिक तथा पर्यटकीयस्थललाई प्राथमिकता दिएर स्टलमा राखिने मोना जापानका महासचिव सागर कार्कीले बताउनुभयो ।

फेस्टिबलका बारेम एनआरएनए जापान, मोना अन्तराष्ट्रिय, गण्डकी प्रदेश अन्तरगत जापानमा रहेका नेपाली संघसंस्थाले समेतआर्थिक, भौतिक र नैतिक सहयोग गर्ने साझा प्रतिबद्धता जनाएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्काले म्याग्दी जिल्लाको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास गर्ने फेस्बिलबाट गण्डकी प्रदेशलाई नै झल्किने गरी तयारी भइरहेको बताउनुभयो ।

मोना जापानका अध्यक्ष विशाल केसीले यो म्याग्दी जिल्लालाई चिनाउने स्वमिर्ण अवसर भएको बताए । फेस्टिबलका लागि कार्कीको संयोजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ । फेस्टिबल सम्पन्न गर्न नेपाली करिब १ करोड खर्च हुने अनुमान गरिएको छ । करीव २१ वटा स्टलहरु रहेको मोना जापानका प्रबक्ता कमल बानियाँले जानकारी दिनुभयो ।

Leave a Reply