म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले म्याग्दीका दुई कलाकारलाई सम्मान गरेको छ । भ्रमणको सिलसिलामा युएई पुग्नुभएका म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनकी गायिका दिलु फगामी मगर र सोही वडाको नेटा निवासी दुर्गा रोका मगरलाई दोसल्ला र सम्मान पत्र मार्फत सम्मान गरिएको हो ।

मोना यूएईका महासचिव काजिमान बुढाथोकीले म्याग्दी जिल्लामा जन्मिएर गीतसंगीतको क्षेत्रमा सक्रिय रहेको अवस्थामा मोनामार्फत योगदानको उच्च सम्मान गरिएको बताउनुभयो । सम्मान कार्यक्रममा मोना यूएईका बरिष्ठ उपाध्यक्ष किरण खत्री सहित पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिती रहेको थियो ।

मोना यूएईले विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान तथा प्रोत्साहन गर्ने गरेको छ । मोना यूएईले आगामी आउँदो महिना अप्रील २८ आइतबार सारजाहको साफीर मलमा दोश्रो मोना ब्याडमिन्टन गर्ने भएको छ । खेलमा ३० भन्दा बढी टिमको सहभागिताको अनुमान गरिएको छ । खुल्ला सहित ए,बि,सि र डि ग्रेडमा खेलाइने मोना यूएईले जनाएको छ । प्रतियोगिताको संयोजक बरिष्ठ उपाध्यक्ष किरण खत्रीलाई तोकिएको छ ।

Leave a Reply