---Advertisement---

ईदको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

On: April 10, 2024 1:55 PM
Follow Us:

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।