---Advertisement---

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

By नागरिक
On: April 10, 2024 3:12 PM
Follow Us:

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन्।

बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्।

राष्ट्रिय सभाको बैठकमा आज ५५ सांसद उपस्थित थिए। उनको पक्षमा ३९ मत पर्यो। घिमिरेलाई माओवादी, नेकपा एस र जसपाको पनि साथ थियो।

उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन्।

यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो।

नागरिक