म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँमा अवस्थित दिपशिखा माविलाई प्रवासमा रहेका दुई यूवाले ३ लाख आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक उपलब्धि वृद्धि गर्न थप कक्षा (होस्टेल) मा बस्ने गरिब तथा विपन्न विद्यार्थीलाई आवश्यक पर्ने खर्चका लागि हाल अस्टेलियामा रहनुभएका कुहुँका हरि राम्जाली र तुसारेपानी घर भई हाल अस्टे«लियामै रहनुभएका उत्तम पुनले तीन लाख सहयोग गर्नुभएको हो ।

बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा कुहुुँ काउँले निवासी प्रेम रोकाले विद्यालयका प्रधानध्यापक डा. नन्दबहादुर खत्री लगायतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको छ। ‘उहाँहरुले यसअगाडी पनि धेरै सहयोग गर्नुभएको छ, विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार बनाउन दुबै सहयोगीदाताको योगदान छ’ विद्यालयका प्रअ खत्रीले भन्नुभयो ।

यसअगाडी सहयोगदाता राम्जालीले कम्प्यूटर, विपन्नलाई सहयोग, भौतिक पूर्वाधारमा समेत सहयोग गर्नुभएको थियो । विद्यालयमा प्रवासमा रहेका कुहुँबासीले विभिन्न समयमा आफ्नो क्षमता अनुसार सहयोग गर्ने गरेका छन् । हाल विद्यालयमा २ सय ७२ जना विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply