बेनी नगरपालिका वडा नम्वर ६ को कार्यालयबाट सोही वडा निवासी युवा विकास हमाल बुधबार सम्मानित हुनुभएको छ । बेनी नगरपालिका वडा नम्वर ६ चुत्रेनी घर भई हाल दक्षिण कोरियामा रहनु भएका हमाललाई प्रदेशमा रहेर पनि निरन्तर सामाजिक सेवामा क्रियाशिल रहनुभएकोमा प्रशंसा गर्दै घरविदामा आउनुभएको अवसरमा सम्मान गरिएको हो ।

बेनपा-६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रद्वारा सम्मान गर्नुभएको हो । दक्षिण कोरियामा रहेर वडाका विभिन्न विपतजन्य अवस्था तथा अन्य नागरिकहरुको पीडामा पनि उहाँले निरन्तर सहयोग गर्नुभएको छ, अध्यक्ष बानियाँले भन्नुभयो, ‘सामाजिक सेवाको क्षेत्रमा उहाँको योगदानको कदर गर्दै वडा मार्फत सम्मान गरेका हौँ’ ।

सम्मान ग्रहण गर्दै हमालले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो । साथै उहाँले वडाको सम्मानले आफुलाई थप सामाजिक क्षेत्रमा सक्रिय हुन अभिप्रेरित गरेको पनि बताउनुभयो । कार्यक्रममा वडा सचिव विद्या पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply