रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार बुधवार दिउँसो करिब साढे ३ बजेतिर रन्मा गाउँदेखि पारीको चत्रा भीरमा पदमार्ग बनाउने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको स्थानीयले बताएका छन्।

नागरिक न्यूजसँग कुराकानी गर्दै उनले घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र हाल रुकुमकोट अस्पतालमा उपचार भइरहेको बताए। उनले अन्य ५ जनाको अवस्था भने सामान्य रहेको र गम्भीर घाइतेको थप उपचारका लागि चिकित्सकको सल्लाह अनुसार बाहिर लैजाने विषयमा छलफल भइरहेको पनि बताए।घाइते हुनेहरूमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन्।

Leave a Reply