‘प्रथम बागमती प्रदेशस्तरीय राष्ट्रि य प्रतियोगिता’ अन्तर्गत गण्डकी प्रदेशको महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ।चितवनको भरतपुरमा सम्पन्न सेमीफाइनमा लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा हराउँदै गण्डकी फाइनलमा प्रवेश गरेको हो।

नेपाली महिला राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीले पहिलो सेट २६–२४ ले जित्दै सुरुवाती क्षणबाटै लुम्विनीलाई दवावमा राख्यो ।दोस्रो सेट समेत २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट भने २५–११ ले लुम्बिनीलाई सुम्पिन पुग्यो ।

तर चौथो सेटमा गण्डकी पुनः खेलमा फर्किदैं २५–१५ ले लुम्विनीलाई स्तव्ध पार्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।गण्डकी महिला टोली राष्ट्रिय प्रतियोगिता अन्तर्गत लामो समय पछि फाइनल प्रवेश गरेको हो । फाइनल खेल भोली (शुक्रबार) हुनेछ । फाइनलमा बागमति प्रदेशसँग हुने भिड्ने प्रशिक्षक मलिन रोकाले बताउनुभयो । प्रतियोगिताका गण्डकी प्रदेशबाट अरुणा शाहीको नेतृत्वमा रिकजना बोटे,मनिषा तिलिजा, काजल छन्त्याल, शोभा पाइजा, सलिना बुढाथोकी र रेविना घर्ती मगर खेलमा सहभागि छन् ।

म्याग्दीबाट विद्यालयस्तरमा खेल्ने खेलाडीको उत्कृष्ट खेलसँगै अहिले राष्ट्रिय टोलीकी कप्टान रहेन रहनुभएकी शाहीको कप्तानीमा खेलमा सहभागी छन् । म्याग्दीले प्रतियोगिताको उपाधी आफ्नो पक्षमा पार्ने गरी आत्मबल सहित अभ्यासमा समेत जुटेको छ । तस्वीर सौजन्य पोखरा स्पोट्स डटकम

 

Leave a Reply