म्याग्दीको बेनी नगरपालिका-२,हाँडेभिरमा साहसिक खेल स्केट हाउस सञ्चालनमा आउनुभएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा १० बर्ष विताएर फर्किएका बेनी नगरपालिका–९,काउँलेका देबेन्द्र श्रेष्ठले करिब २५ लाखको लगानीमा क्याफे सहित स्केट हाउस बनाएका छन् ।

म्याग्दी र जलजला गाउँपालिका क्षेत्रमा रहेका स्केट खेलका पारखीका लागि लक्षित गरी नयाँ बर्ष २०८१ साल बैशाख १ गते सञ्चालनमा ल्याउने डि लाईट स्केट हाउसका सञ्चालक श्रेष्ठले बताए ।

‘एउटै ब्यवसायमा प्रतिस्पर्धा गर्नुभन्दा नयाँ खेल सञ्चालन गरेको छु,यहाँ बालबालिकादेखि पाकाले समेत खेल्न मिल्छ’ श्रेष्ठले भने ।उनका अनुसार स्केट हाउसको मापदण्ड अन्ुसार लाइसेन्स प्राप्त प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

म्याग्दीमा सहासिक खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले स्केट हाउसमार्फत तालिम र खेल प्रतियोगिता सहितको योजना समेत बनाइएको छ । विदेशमा लोकप्रिय रहेको स्केट खेल म्याग्दीमा पनि सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यो साहसिक खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए।

बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुदलाई प्रोत्साहन गरिने बताए ।

उनले मापदण्ड अनुसार सञ्चालन गर्ने र प्राविधिक पक्षमा आवश्यकता अनुसार अनुगमन समेत गरिने बताए । उक्त खेललाई थप ब्यवस्थित बनाउन सकेमा म्याग्दी जिल्लामा अन्य सहासिक खेल समेत भित्राउन सकिने भएकाले मापदण्डमा ध्यान दिन समेत अध्यक्ष केसीले अनुरोध गरे

Leave a Reply