जिल्ला तथा पालिका अधिवेशन सकेर वडा अधिवेशनमा केन्द्रीत भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले नयाँ वर्षको अवसरमा शुक्रबार बिहान शुभकामना आदानप्रदान आयोजना गरेको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर जिल्लास्थित सबै सरोकारवाला निकायको उपस्थितिमा शुभकामना आदानप्रदानसहित चियापान गर्ने कार्यक्रम आयोजना गरेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनभयो ।

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित जिल्ला अधिवेशन र ६ वटै स्थानीय तहको अधिवेशन सकेको एमालेले चैत महिनामा ४५ वटै वडाको अधिवशेन थालेको छ । यही सन्दर्भमा नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरीएको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा जिल्लाका सरकारी तथा गैसरकारी कार्यालयका साथै नागरिक अगुवाहरुलाइ पनि निमन्त्रणा गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

Leave a Reply