अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सुनकाे मुल्य हाल सम्मकै उच्च ,प्रतितोला १ लाख ३९ हजार रुपैयाँ

On: April 12, 2024 11:54 AM
Follow Us:
---Advertisement---

आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य ५० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।