पर्वतको जलजला गाउँपालिकाले कक्षा ८ को अन्त्यमा लिइने आधारभूत शिक्षा परीक्षा २०८० को नतिजा सार्वजनिक गरेको छ । आधारभूत शिक्षा परीक्षा समितिको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो ।

गाउँपालिकाका कुल दुई सय ३० जना बिद्यार्थी परीक्षामा सहभागी भएकोमा ७४ जना उत्तिर्ण भएका छन् भने एक सय ५६ जना अनुत्तिर्ण भएका छन् । कुल ३२ दशमलव १७ प्रतिशत विद्यार्थी मात्रै परीक्षामा उत्तिर्ण भएका हुन् ।

समग्र गाउँपालिकातर्फ अमृत आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयका सुवर्ण बहादुर जि.सी.ले तीन दशमलव ७६ प्रतिशत जि.पि.ए ल्याएका छन् । दोस्रो र तेस्रोमा न्यू होराइजन अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयका सृष्टी नेपाली र स्मृती खड्काले क्रमशः तीन दशमलव ६८ र तीन दशमलव ५९ जि.पी.ए प्राप्त गरेका छन् ।

यस्तै सामुदायिकतर्फ जनकल्याण माध्यमिक विद्यालयका र स्कीन महत र सोनी के.सी. पहिलो र दोस्रो हुँदै क्रमशः तीन दशमलव ५२ र तीन दशमलव ४९ जि.पी.ए ल्याएका छन् । यस्तै तेस्रो स्थानमा शिव माध्यमिक विद्यालयकी लबिसा र्टी.एम.ले तीन दशमलव ४७ जिपीए ल्याएकी छिन् । गाउँपालिकाका कुल १४ वटा विद्यालयहरु परीक्षामा सहभागी भएका थिए । ती विद्यालयको समग्र प्रगति ३२ दशमलव १७ प्रतिशत रहेको छ ।

Leave a Reply