तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनमा विज्ञले यस्तो जानकारी दिएका हुन्। नेपाल स्वास्थ्य अनुसन्धानको आयोजनामा राजधानीमा तीनदिने जनसंख्या तथा स्वास्थ्य वैज्ञानिक सम्मेलन चलिरहेको छ।

नेपालमा कोभिड, एचआइभी र मलेरियाविरुद्ध लड्न बलियो स्वास्थ्य प्रणालीकोे विकासबारे प्रस्तुति दिँदै डा. आनन्द वल्लभ जोशीले कालाजारको नयाँ स्वरूपबारे प्रस्तुति बताएका छन्। उनले कालाजार उच्च तापमान भएका पहाडी जिल्लामा समेत देखा परेको बताए।

गत वर्ष त्रिुपरा र काइते गाउँका तीनजना र पाँचजनामा कालाजार देखा परेको थियो। सन् २००५ को तुलनामा ९० प्रतिशत कमी आए पनि उच्च पहाडी जिल्लामा देखिने क्रमले चुनौती थपिएको बताए।

के हो कालाजार?

कालाजार फैलाउन भुसुना ‘स्यान्ड फ्लाई’ नामक भुसुनाले ‘लेसिमेनियाँ डोनोभानी’ परजीवी मानिसको शरीरभित्र प्रवेश गरेमा कालाजार लाग्छ। यो परजीवी संक्रमित भएको भुसुनाले मानिसलाई टोकेपछि कालाजार हुन्छ।

यो शरीरमा प्रवेश गरेपछि शरीरभित्र जटिल असर गरेपछि मात्र लक्षण देखिन्छ। ज्वरो आउने, औषधी खाएपछि पनि ज्वरो नियन्त्रण नहुने, पेटमा अप्ठेरो हुने, रगतमा हेमोग्लोविनको कमी हुने, खान मन नलाग्ने र छालाको रङमा कमी हुँदै जाने जस्ता लक्षण देखिन्छ। यी र यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्यचौकी या अस्तपाल पुगेर उपचार गर्न सकिन्छ।

Leave a Reply