म्याग्दीको बेनी अस्पतालले आर्थोपेडिक सेवा सुरु गरेको छ । हाडजोर्नी तथा नशा रोगका बिरामीका सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

आर्थोको नवौं अधिकृत स्तरको कन्सल्टेन्ट डा.प्रतिक आचार्य लोकसेवाबाट सिफारिस भएसँगै यसै सातादेखि बेनी अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सुरु भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । ‘अब हाडजोर्नी तथा नशा सम्बन्धि उपचार बेनी मै हुन्छ, हामीले जटिल अप्रेसनका लाागि समेत उपकरणहरु थप्दैछौ’ अध्यक्ष सुबेदीले भन्नुभयो ।

शुक्रबारदेखि नियमित सेवामा रहनुभएका डा.आचार्यले टिचिङबाट अर्थोमा स्नातकोत्तर गर्नुभएको छ । बागलुङ अस्पतालमा हाडजोर्नी सम्बन्धि जटिल सल्यक्रियामा सफलता प्राप्त गरेको अनुभव समेत डा. आचार्यले जटिल अप्रेसनका लागि आवश्यक पर्ने उपकरण सहितका बारेमा अस्पताल ब्यवस्थापन समितिमार्फत ब्यवस्थापन गरिने बताउनुभयो।

‘अस्पतालमै गर्न सकिने सबै सेवा उपलब्ध् गराउँछौ, यहाँ गर्ने नसक्ने अवस्थाका लागि मात्रै रिफर गर्नुपर्छ’ डा. आचार्यले भन्नुभयो । हड्डी, जोर्नी, नशाका समस्याहरुका साथै हहड्डीको भाँचिएमा मेटल प्लेटहरू वा पेंचहरू राख्ने लगायतका जटिल समस्याहरु समेत आवश्यक पूर्वाधार तयार गरी सुरु गर्ने बेनी अस्पतालले जनाएको छ ।

अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भएपनि अर्थोको चिकित्सक नहुदाँ बिरामीलाई समस्या हुने गरेको थियो । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचारमा समेत सहज हुने छ ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply