म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकबाट एक जना युवक चार दिनदेखि बेपत्ता छन् । गत बुधबार राती १० बजेपछि घरबाटै ३२ बर्षिय डिलकुमार पूर्जा बेपत्ता भएका हुन् । बेपत्ता पूर्जाका भाई कृष्ण पूर्जाले एकसातादेखि झाँक्रीले छोएको छ भनेर बताएपछि मेलापात, पशुचौपायालाई समेत छोडेर घरमै आराम गरेको अवस्थामा अचानक राती सुतेको अवस्थामा घरबाटै सम्पर्कविहिन भएको बताएका छन् ।

‘अहिलेसम्म नभेटिएपछि हामीले प्रहरीमा समेत खबर गरेका छौं’, कृष्ण पुनले भने,‘अन्नपूर्ण र बेनी नगरपालिका आसपासका क्षेत्रमा खोजीकार्य गरेपनि भेटिएन,उनलाई देख्नु हुनेले खबर गरिदिनु होला ।’ स्थानीय यूवाहरुले आसपासका जंगल तथा विभिन्न क्षेत्रमा खोजीकार्य तिब्र बनाएका छन् । बेपत्रा डिलकुमारका भाईले हुलियाजस्तै देखिने कतै भेटेमा यो ९८४८८२७०७२नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply