पर्वतको जलजलामा एक साताअघि दम्पती हत्या घटनामा विगत ४ दिनदेखि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ ।

घटनाको १३ दिन वितिसक्दा समेत अभियुक्तहरू पहिचान गर्न नसकेपछि गत बुधबारदेखि सिआइबी टोलीले पर्वत र गण्डकी प्रदेशको अनुसन्धान टोलीलाई सघाउँदै अभियुक्तको पहिचानका लागि सिआइबीको टोली विभिन्न स्थानमा अनुसन्धानमा जुटेको छ ।

कुनै समूहले योजना बनाएरै हत्या र लुटपाट गरेको र प्रमाण लुकाउने गरी निकै चलाखी गरेकाले दम्पत्तीको हत्या पेसेवर आपराधिक समूहबाटै हत्या भएको आधार देखिएपछि सिआइबीको टोली खटिएको प्रहरी अधिकारीको भनाई छ ।

‘अपराधि उम्किन नदिन विभिन्न कोणबाट अनुन्धान भइरहेको छ,‘जटिल भएपनि नतिजा छिट्टै आउँछ’ पर्वतका डिएसपी खुमलाल भुषालले भने । प्रहरीले शंका लागेकालाई सोझपुछ गरी छोडेकाले अनावश्यक हल्ला नगर्न समेत अपिल गरेको छ। ‘घटनालाई हरेक मोडबाट अनुसन्धान भइरहेको छ, बाटोमा भेटिएकालाई पनि सोझपुछ गर्न सक्छौ, घटनासँग जोडेर गलत प्रचार नगरिदिन, अनुसन्धानमा सघाउन समेत अनुरोध गरेका छौ’ प्रनाउ भुषालले भने।

घटनाको अनुसन्धान जारी नै रहेको र सिआइबीले पनि अनुसन्धानमा सघाइरहेको बताए । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया श्रीमती गमला जिसी गत २० चैतम घरमै मृत अवस्थामा भेटिएका थिए हत्यापछि सुन र नगद समेत लुटिएको छ ।

 

Leave a Reply