जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा सोमबारदेखि मतदाता नामावली दर्ता सुरु गरेको छ । निर्वाचन आयोगको २०८० साल फागुन १३ गते बैठकले इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गर्ने निर्णय सँगै म्याग्दीमा पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरू भएको जिल्ला निर्वाचन अधिकृत बिमलप्रसाद गौतमले बताउनुभयो ।

‘अब अर्को निर्वाचन नआउँदासम्म यो प्रक्रिया निरन्तर रहन्छ, नयाँ मतदाताले सक्कल नागरिकता लिएर आउनुपर्छ, त्रुटि सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्णय हुन्छ’ निर्वाचन अधिकृत गौतमले भन्नुभयो ।मतदाता नामावली सम्बन्धि जानकारी हरेक स्थानीय तहमा समेत गराइएको छ ।

मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाइने छ भने कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन दिन सकिन्छ ।

Leave a Reply