म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६,मा पर्ने घोरेपानी र पुनहिल क्षेत्रमा सूर्योदय,हिमश्रृंखलाको दृष्यअवलोकन मात्रै होइन थरीथरीका गुराँसको फूलले मोहित बनाउँछ ।

नेपालमा ३२ प्रजातिका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को अभिलेखमा रहेको छ भने गण्डकी प्रदेशभित्रको सबैभन्दा ठूलो गुराँसको जंगल रहेको घोरेपानी क्षेत्रमा गाडा रातो,रातो,सिम्रिक,चिमली,सेता,गुलाबी लगायत १५ प्रकारको गुराँस पाइन्छ। घोरेपानी, पुनहिल क्षेत्रमा फागुनदेखि बैशाखसम्म होचो प्रजातिका गुराँस समेत भेटिन्छ ।

थरीथरीका फूल फुलेर सजिएको घना जङ्गलभित्र वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाजले समय वितेको पत्तै नहुने घोरेपानी घुम्न गएका बेनीकी आशा रोकाले बताइन् ।

तीन हजारदेखि ४५ सय मिटर भौगोलिक उचाइसम्म भेटिने गुराँस औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा,कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ ।

घोरेपानीको जंगलमा होचोदेखि अग्लो प्रजातिका गुराँस पाइन्छ, गुराँसले सौन्दर्य छरेको घोरेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष मीना पुनको भनाई छ ।

पछिल्लो समय चैत्र महिनामा फुलेर वैशाख तेस्रो सातासम्म लगभग निख्रन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ ।पर्या–पर्यटनका निम्ति गुराँस प्रजातिको विविधताले छुट्टै महत्व छ ।नेपालको राष्ट्रिय फुल गुराँसको संरक्षण तथा नयाँ बोट विस्तारका लागि समेत स्थानीय पर्यटन ब्यवसायीले एक्याप लगायतका संघसंस्थालाई समेत सघाइरहेको यूवा ब्यवसायी बिरेन पुनले बताए ।

गुराँसको संरक्षणका लागि पुनहिल र घोरेपानीको बिचबाट पदमार्ग हुदै करिब आधा घण्टाको दुरीमा जंगलभित्र कालीसारमा ५० रोपनी खाली चौरमा पर्यटकलाई घुम्ने र रमाउन डिभिजन बन कार्यालयमार्फत संरचना समेत निर्माण गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

घोरेपानी र पुनहिल क्षेत्रसँगै गुराँस फुल्ने बनजंगलमा रहेको खाली जमिनमा बोट लगाउन समेत वडाका जनप्रतिनिधिलाई प्रोत्साहन गरिएको छ । स्थानीय पर्यटन ब्यवसायीले घुम्न आउने पर्यटकलाई गुराँसमा क्षती हुने गतिविधिमा रोक लगाएका छन् । पर्यटन ब्यवसायी बिरेन पुनले घुम्न आउने पर्यटकलाई फुल नटिप्न, बोटलाई क्षती नपु¥याउन, नयाँ बिरुवालाई जोगाउन समेत अनुरोध गर्ने गरिएको छ । पछिल्लो समय जलवायु परिर्वतनका कारण गुराँसको रङ छिट्टै उडेको महसुस भने स्थानीय पर्यटन ब्यवसायीलाई भएको छ । म्याग्दीको बेनी नगरपालिका र पाँचवटै गाउँपालिकाको बनजंगलमा गुराँस फुल्छ।

 

Leave a Reply