पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेका छन् । पर्वतारोणहको क्षेत्रमा विभिन्न किर्तिमानी कायम गरेका पूर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित १०औं अग्ला अन्नपूर्ण प्रथमको आरोहणसँगै उनले अर्को रेकर्ड राख्न सफल भएका छन् ।

अन्नपूर्ण–१ हिमालको सफल आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले जानकारी दिए ।

अब तिब्बतमा रहेको शिशपाङ्मा हिमाल मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी छ । उनले विभिन्न हिमालमा विभिन्न कीर्तिमानहरु राखेको रेकर्ड छ । पहिलोपटक विश्वभर किर्तिमानी कायम गर्ने अभियानमा पनि पूर्जाले अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरेका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ् गरी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ ।

त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् । पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए ।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रर्वधनमा समेत पूर्जा सक्रिय छन् । उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् ।

Leave a Reply