म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा पुनः यामबहादुर थापा सर्वसम्मतले चयन हुनुभएको छ । सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा रोकाशेर बहादुर क्षेत्री, कलदेवी जिसी, बिना भण्डारी, बिन्दु मल्ल, टंकप्रसाद बुढाथोकी, कविन्द्र रोका, सुकबहादुर घर्ति क्षेत्री र गणेश बहादुर ठकुरीलाई चयन गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

गएको चैत्र २४ र बैशाख ३ गते उद्घाटन भएको क्याम्पस सभामा क्याम्पस सभा सदस्यको कुल ५१ प्रतिशत अनुपस्थित भएपछि तेस्रो बन्दसत्रबाट क्याम्पसको विद्यान २०७८को परिच्छेद ३ को उपदफा६को (क)१ बमोजिम बिहिबार सभा सम्पन्न भएको थियो ।

सञ्चालनक समितिको चयनमा क्याम्पसका संरक्षक एवम् मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका लगायत क्याम्पसका पूर्व अध्यक्षहरू, शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो । नवनिर्वाचत अध्यक्ष थापाले क्याम्पसलाई पश्चिम म्याग्दीको शैक्षिक हब बनाउने गरी शिक्षा संकाय बाहेक प्राविधिक र ब्यवस्थापन संकाय समेत सञ्चालनका लागि आवश्यक प्रक्रियामा जाने बताउनुभयो ।

उहाँले क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रियालाई समेत आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो ।

क्याम्पसमा पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै बागलुङको ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाका विद्यार्थी समेत अध्ययनरत छन् । भौतिक पूर्वाधारमा तिब्र गतिमा अगाडी बढेको क्याम्पसले तत्कालिन समयमा चन्दा संकलन गरी लाम्पाटामा खरिद गरेको जग्गामा क्याम्पस भवन, प्रशासनीक भवन बनाइएको छ भने छात्राबास भवन समेत निर्माणधिन अवस्थामा रहेको छ।

Leave a Reply