---Advertisement---

प्रकाश माविलाई गरिमा विकास बैंकको ल्यापटप र प्रोजेक्टर सहयोग

On: April 19, 2024 6:09 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविलाई गरिमा विकास बैंकले ल्यापटप र प्रोजेक्टर सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका सञ्चालक दिपेन्द्र श्रेष्ठ‘दिपु’,केन्द्रीय कार्यालयका चिफ म्यानेजर अनुमान श्रेष्ठ, बेनी शाखाका प्रमुख कमलप्रसाद ढुंगानाले विद्यालयका कार्यवाहक विब्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ, निप्रअ टेकप्रसाद सुवेदीलाई सामाग्री हस्तान्तरण गर्नुभयो ।

विद्यालयमा सूचना प्रविधिको ज्ञान दिने उद्देश्यले सहयोग गरिएको बैंंकका सञ्चालक समिति सदस्य श्रेष्ठको भनाई छ । कार्यक्रममा सञ्चालक समितिका कार्यवाहक अध्यक्ष श्रेष्ठले बैंकको सहयोगलाई संस्थागत तथा क्षमता विकासमा प्रयोग गर्ने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन सहायक प्रअ विनय श्रेष्ठले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, बावियचौर, दरबाङ, पोखरेबगरमा शाखा रहेको छ ।