म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजना गरिएको मोना फेस्टिवलमा म्याग्दीमा अल्लो र ढाकाबाट निर्मित कपडा र अर्गानिक साम्रागी प्रर्दशनी तथा बिक्री गरिने भएको छ ।

आगामी अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा हुन गईरहेको मोना फेस्टिवलको स्टलमा म्याग्दीमा उत्पादन हुने टिमुरको धुलो,सिस्नो पाउडर, अन्य अर्गानिक बस्तुलाई प्रर्दशनी र बिक्री गरिने मोना फेस्टिवल आयोजक मुल समारोह समितिका संयोजक ज्ञानेन्द्र केसीले बताए ।

‘हामीले म्याग्दीको उत्पादनलाई छुट्टै स्टल राखेर प्रर्दशनीसँगै बिक्री समेत गछौं, म्याग्देलीका अन्य स्टलहरु पनि हुन्छन्’ संयोजक केसीले भने । स्टलमा म्याग्दीलाई चिनाउने गरी राखिने रेष्टुरेन्टमा समेत म्याग्दीमा उत्पादन हुने बस्तुको बिक्री हुने संयोजक केसीको भनाई छ ।

फेस्टिवलमा २४ स्टल राखिएकोमा म्याग्देलीको ४ देखि ५ स्टल राखिने छ । मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष ददिवल खड्काले म्याग्दीमा उत्पादन हुने बस्तुको बिक्री र प्रर्दशनीका लागि फेस्टिबल सबैभन्दा सुन्दर अवसर भएकाले प्रचारप्रसारले आगामी दिनमा समेत म्याग्दीमा उत्पादन हुने बस्तुको जापानमा निर्यायत बढ्ने विश्वास गरे ।

उनले मोना अन्तराष्ट्रियले समेत निरन्तर सहयोग गर्ने बताए । मोना फेस्टिबलमा कुल ५० लाखभन्दा बढी नेपाली खर्च हुने अनुमान गरिएको छ । फेस्टिबलमा राखिने सबै स्टल बुक भइसकेको मोना जापानका अध्यक्ष बिशाल केसीले बताए । मोना फेस्टिबललाई नेपाली संघसंस्थाका साथै इताबासी नगरका मेयर साकामोतो ताकेशीले समेत सहयोगको बाचा गरेका छन् ।

Leave a Reply