म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो। दुर्घटनामा दाङ घ भएका ४० बर्षिया बिरबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कुमार गुरुङले बताए ।

दुर्घटनामा चालक कमल श्रेष्ठ, सहचालक राहुलसिङ ठकुरीलाई थप उपचारका लागि हेलिकप्टरबाट मणिपाल अस्पताल पोखरा लगिएको छ भने सबइन्जिनिर भुवन कार्की सामान्य घाईते छन् । दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनीको जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको बताइएको छ ।

दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्य चौकीमा उपचारका लागि पु¥याएका थिए । म्याग्दीका निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा बर्षेनी दुर्घटनामा मजदुरले ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply