ग्रामिण क्षेत्रमा समेत खेलकुद मैदान निर्माणसँगै फुटबल प्रशिक्षण्का लागि खेलाडीको आर्कषण बढेसँगै एन्फा रेफ्री तालिमका लागि म्याग्दी र जलजला गाउँपालिकाबाट ५ जना गण्डकी प्रदेशमा पठाएको छ ।

जिल्ला फुटबल संघ म्याग्दीबाट बैशाख ९ देखि १५ गतेसम्म सञ्चालन हुने रेफ्री तालिमका लागि निशान गुरुङ, सिद्धार्थ शाक्य,सञ्जन सापकोटा र पर्वत फुटबल संघबाट आशिष भ्ुजेल र सागर परियार फुटबलको रेफ्री तालिमका लागि पोखरा गएका छन् ।

तालिम सकिएपछि पाँचै जना एन्फाको क्याटेगोरी ४ मा दिक्षित हुनेछन् । एन्फा रेफ्रीका लागि प्रस्थान गरेका पाँचै जना म्याग्दीमा हुने फुटबलका खेलाडी समेत हुन् । उनीहरु फुटबल खेलसँगै स्थानीयस्तरमा रेफ्रीको भूमिका निर्वाह गर्ने गरेका थिए ।

म्याग्दी जिल्लामा हुने फुटबल प्रतियोगितामा एन्फा मान्यता प्राप्त रेफ्रीको अभावका कारण बाहिरी जिल्लाबाट महंगो खर्च तिरेर रेफ्री ल्याउनुपर्ने बाध्यतालाई अन्त्य गर्न संघमार्फत तालिममा पठाइएको अध्यक्ष बानियाँले बताए । गण्डकी प्रदेश फुटबल संघको आयोजना तथा अखिल नेपाल फटबल संघको प्राविधिक समन्वयमा हुने तालिमपछि आगामी दिनमा हुने फुटबल प्रतियोगिताका लागि रेफ्रीको अभावलाई पूरा गर्ने अध्यक्ष बानियाँको भनाई छ । म्याग्दी जिल्लाको स्थानीय तहमा फुटबल संघ गठनसँगै प्रशिक्षण तथा प्रतियोगितालाई मध्यनजर गरी जिल्ला फुटबल संघले अन्य विभिन्न योजना समेत बनाएर फुटबल खेललाई ब्यवस्थित बनाउने तयारी गरेको छ ।

Leave a Reply