अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी यातायात प्रालिको अध्यक्षमा सुमन श्रेष्ठ

On: April 21, 2024 7:57 PM
Follow Us:

म्याग्दी यातायात व्यावसायी कम्पनी प्रालिको दोस्रो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन्। आइतबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट सञ्चालकहरुमा जान बहादुर केसी, चन्द्र बहादुर क्षेत्री, नारायण थापा, रामजी थापा, ताराबहादुर भण्डारी र श्रीप्रसाद पुन रहेका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिबक्ता प्रकाश सुबेदीले प्रमाणपत्र वितरण गरेका थिए । साधारणसभा तथा अधिवेशनको उद्घाटन गदैं प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीले यातायात क्षेत्रको चुनौती र सम्भावनासँगै यात्रु मैत्री गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । सोही अवसरमा समितिका पूर्व अध्यक्ष जय अधिकारी, गोपाल भट्टचन,राजकुमार श्रेष्ठले पछिल्लो समय निजी सवारीसाधनले यात्रु बोक्दा समस्या भएको बताएका थिए ।

निजी प्रयोजनका लागि प्रयोग गर्नुपर्ने सवारीसाधनले यात्रु बोक्दा यातायात ब्यवसायी पलायनको जोखिम रहेको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गराएका थिए । कम्पनीमा म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने १२० सवारीसाधनका धनी छन् । तत्कालिन केपी शर्मा ओलीको सरकारले यातायात व्यवासयी समितिलाई खारेज गरेर कम्पनीमा रुपान्तरण गर्ने निति ल्याएपछि म्याग्दी यातायात कम्पनी प्रा.ली बनेको हो ।