---Advertisement---

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक विदा

By नागरिक
On: April 22, 2024 1:36 PM
Follow Us:

सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएकाले सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सोमबारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ।

उनीहरुले नेपाल सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताए। उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए।

नागरिक