शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु भएको छ । अप्रिल २२ देखि अप्रिल २६ (वैशाख १० देखि १४) सम्म नेपाल लगायत विश्वका १५० भन्दा बढी मुलुकमा कार्य सप्ताह मनाउन लागिएको हो । नेपालमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले कार्य सप्ताहमा विविध कार्यक्रम सुरु गरेको हो  । कार्य सप्ताह अन्तर्गत आज दिउँसो शिक्षाका लागी राष्ट्रिय अभियान  (NCE)  म्याग्दीको  आयोजनामा आज सोमबार बेनीको विरेंद्रचोकमा प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनिमा  मादल बजाएर, विभिन्न संदेश लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनी गर्गरेका थिए ।

विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार तथा परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै गुणस्तरीय, समावेशी, जीवन उपयोगी शिक्षामा जोड दिइने अभियानले जनाएको छ । सीप सम्म शिक्षा जोड्दै यसमा नवप्रवर्तन गरिनुपर्ने र शैक्षिक रूपान्तरणका लागि तीनै तहका सरकारले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा शिक्षालाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने मान्यतालाई विश्वव्यापी कार्य सप्ताहको अवसरमा गरिने अभियान मार्फत उजागर गरिने एनसीईले जनाएको छ ।

एनसीइ कोआयोजनामा भएको प्रदर्शनीमा  संचारिका समूह म्याग्दी,  संगम म्याग्दी, कदम म्याग्दी, मिलन म्याग्दी, लगायतका गैह्र सरकारी संस्थाको एकेबद्दता रहेको थियो । कार्यक्रममा NCE म्याग्दीका संयोजक दिलमाया बिटालुले प्रदर्शनी कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यबाद सहित कार्यक्रमको समापान गर्नुभएको थियो ।

खासगरी कोभिड महामारीबाट शिक्षा र सिकाइमा भएको क्षति पश्चात् संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको रूपान्तरणकारी शिक्षा सम्मेलनमा नेपाललगायत विश्वका विभिन्न १३० राष्ट्रहरूले आ-आफ्नो देशको शिक्षालाई रूपान्तरण गरी शिक्षा प्रणालीलाई सुधार गर्ने र सङ्कटमा परेको शैक्षिक सिकाइ कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply