म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो ।

‘वैशाख १ गते आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि अस्पताल आएर जचाउँदा चिकित्सकले दुवै मृर्गौला फेल भएको रिपाेर्ट दिनुभयाे । अहिले आमा अस्पतालमै उपचाररत हुनुहुन्छ ,’उहाँकी छोरी सुसिलाले भन्नुभयो ।उहाँका अनुसार अहिले दुवै मिर्गौला फेल भएको र मिर्गौलाले रगत छान्ने क्षमता पाँच प्रतिशतमात्रै रहेको छ । पुनले अस्पतालमै डाइलासिस गराइरहनुभएकाे छ। आमाको उपचारका लागि सहयोगको याचना गर्दै छोरी सुसिलाले थप्नुभयो, ‘डाक्टरले उचारमा ठुलो रकम खर्च लाग्छ भन्नुभएको छ । हामीसँग त्यती धेरै खर्च गर्ने पैसा छैन् । पैसा भएपछि मात्र आमालाई बचाउन सकिने अवस्था छ।’

४८ वर्षिया पुनका आठ बहिनी छोरी हुनुहुन्छ । राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जालीका अनुसार,पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले मृर्गौला रोगबाट पीडित पुनको उपचारमा थप समस्या थपिएको छ । उहाँले सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँका श्रीमान दिलबहादुर पुन विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्छ । विद्यालयले पनि गोरी पुन बचाऔं अभियान चलाएको छ । उहाँले सहयोग गर्न चाहनेहरुका लागि प्रभु बैंककाे खाता नम्बर (susila pun- 1100258900400019 )उपलब्ध गराउनुभएकाे छ ।

A/C Holder Name: SUSILA PUN

Account Number: 1100258900400019

Bank Name: Prabhu Bank

Branch Name: AMARSINGHCHWK BRANCH
#myagdinewstoday #myagdinews #malikapress

Leave a Reply