---Advertisement---

बेनीबाट सडक मानवको उद्धार गरी लमजुङ पठाइयो

On: April 25, 2024 11:09 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारबाट एक बृद्धाको उद्धार गरिएको छ । विगत ४ बर्षदेखि बेनीबजार र पर्वत बेनीमा सडकमा मागेर र प्रयोगविहिन सामान संकलन गरी जिवन निर्वाह गदैं आउनुभएका गोविन्द गुरूङलाई बेनी नगरपालिकाको पहलमा उद्धार गरी लमजुङ जिल्लामा पठाइएको छ ।

बेसीसहर नगरपालिका–३ को पहिचान खुलेपछि वडा अध्यक्षसँग समन्वय गरी नगरप्रहरीलाई हस्तान्तरण गर्ने गरी पठाइएको बेनपा–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो। ‘पलाष्ट्रिक संकलन गरी बिक्री गरेर खाने, नपुगे माग्ने गर्नुहुन्थ्यो, उहाँको ठेगाना पहिचान भएपछि पठाएका छौ, अब सामाजिक सुरक्षा भत्ताले सहज हुन्छ’ वडा अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

बेनीबजारमा बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुको उद्धार गरी सम्बन्धित परिवार र मानवसेवा आश्रममा पठाउने गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

बेनीबजारमा वेवारिसे मानव र छाडा पशुचौपायाको ब्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरपालिकाले जनाएको छ । परिवाको पहिचान नभएकालाई नगरपालिकाले उद्धार गरी बागलुङमा रहेको मानव सेवा आश्रममा राखेर स्याहार गर्दै आएको छ ।