म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यसमिति युएईले आयोजना गरेको दोस्रो मोना ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ। मोना यूएईले मार्च २८ तारीख( बैशाख १५ गते २०८१) आइतबार हुने दोश्रो मोना ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ।

सारजाहको साफिरमा मलमा हुने भनिएको प्रतियोगिता भारी बर्षाका कारण डेरा दुबई क्लव टावर नजिकको फोर्चुना स्र्पोट्स एकेडेमीमा हुने मोना यूएईका बरिष्ठ उपाध्यक्ष् एवम् खेलकुद संयोजक किरन खत्रीले जानकारी दिनुभएको छ । पुरुष डबलमा ए र वि लेभलको प्रतियोगिता हुने छ ।

उहाँले २६देखि ३० टिम प्रतियोगितामा सहभागि हुने अनुमान रहेको बताउनुभयो । प्रतियोगिता विहान ८ बजेदेखी सुरु भएर बेलुका ९ बजेभित्र सम्पन्न हुने भएकोले खेलाडीहरु समयमा उपस्थित हुन मोना युएईले आग्रह गरेको छ। प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी र नगद पुरस्कार रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा मोना अन्तर्राष्ट्रिय कार्यसमिति अध्यक्ष हाल जापानमा रहनु भएका ब्यवसायी दधिवल खड्का र प्रायोजकमा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष तथा मोना युएईका संरक्षक ईन्जिनियर नन्द गर्बुजाले गर्नुभएको मोना युएईका महासचिव काजीमान बुढाथोकीले जानकारी दिनुभयो ।

मोना युएईले सम्पन्न गर्न लागेको प्रतियोगितामा नेपाल ब्याडमिन्टन कम्युनिटी युएईका् विशेष सहयोग हुने मोना युएईका अध्यक्ष सुवास राम्जालिले बताउनुभयो । उहाँले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त राख्न र अनुशासन कायम गराउन प्रतियोगिताको उद्धेश्य रहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा उपस्थित खेलाडी र आयोजकलाई नेपाली परिकार अचारसहित सेल रोटि खुवाउने तयारी भएको उपाध्यक्ष यमकुमारी रोकाले बताउनुभयो । म्याग्दीको पुख्र्यौली थाली नाचलाई समेत प्रतियोगितामा प्रस्तुत गरिने छ ।

Leave a Reply