पर्वतको जलजला गाउँपालिका वडा नं ५ र मल्लाज कालान्जर सेवा समाज पोखराले बैशाख ८ गते अल्पायु मै निधन भएका मल्लाज लेखफाँट चिप्लेटीका बाबुराम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसी र मल्लाज कालान्जर सेवा समाज पोखराका अध्यक्ष तारा प्रसाद सुबेदीले किरियापुत्री बसेको घर जलजला २ बौर पुगेर नगद सहयोग हस्तान्तरण गरेका हुन ।

जलजला वडा नं ५ ले बिपतमा जनप्रतिनिधिको अभियान अनुसार वडाका कसैको निधन भएमा घर मै पुगेर श्रद्दान्जली दिने समबेदना प्रकट गर्ने र आर्थिक सहयोग गर्दै आइरहेको छ । सोहि अभियान अनुसार जलजला ५ लेखफांट घर भएका स्वर्गीय बाबुराम केसीका छोरा छोरा किरिया बसिरहेको घर जलजला(२ बौरमा पुगेर नगद १५ हजार हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी आजै पर्वतको मल्लाज माझफाट, लेखफाट र सालिजा क्षेत्रबाट पोखरामा गइ बसोबास गरिरहेका बासिन्दाको संस्था मल्लाज कालान्जर सेवा समाज पोखराले स्वर्गीय बाबुराम केसीको परिवारलाई नगद ३० हजार सहयोग गरेको छ । समाजका अध्यक्ष तारा प्रसाद सुबेदीले मृतकका भाइ प्रेम केसीलाई नगद हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष द्वय कौसिला जिसी र बिबेक पौडेल, सचिव डिल्लीराम रेग्मी र सदस्य उमानाथ सुबेदीको उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका सचिव डिल्लीराम रेग्मीले स्वर्गीय बाबुराम केसीको परिवारलाई काज किरियामा समेत समस्यापरेको र आर्थिक संकलन अभियान संचालन गरिएको थाहा पाएर समजा सदस्यहरुले रकम संकलन गरेर हस्तान्तरण गरेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कायक्रमको संचालन पर्बत उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिराबहादुर जिसीले गर्नुभएको थियो । स्वर्गीय केसीका भाइ प्रेम केसीले यसरी सबैले सहयोग गरेर काज किरिया सम्पन्न गर्न सहयोग पुर्याउनु भएकोमा धन्यवाद दिएका छन् ।

लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पिडित केसीको मृत्यु भएको आज ८ दिन भएको छ । परम्परा अनुसार काजकिरिया सम्पन्न गर्न समेत समस्या भएपछी आर्थिक संकलन अभियान संचालन गरिएको छ । दाह संस्कार गर्न सागर पुगेका व्यक्तिबाट सोही दिन २५ हजार संकलन गरेर दाउरा खरिद गरेको र बाँकी रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । सहयोग संकलन अभियान अझै पनि जारी रहेको छ ।

Leave a Reply