---Advertisement---

फूपुको छोरीको हत्या गर्ने म्याग्दीका समरबहादुर ९ बर्षपछि पक्राउ

On: April 28, 2024 7:19 PM
Follow Us:

फोनमा चर्को स्वरमा बालेको भन्दै निहुँमा फूपुकी छोरीको हत्या हत्या गरेर फरार भएको ९ वर्षपछि म्याग्दीका एक यूवा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ तत्कालीन कुहुँ गाविस–५ का ४७ वर्षीय समरबहादुर सार्कीलाई ९ वर्षपछि शनिबार पक्राउ गरेको हो। ९ वर्षअघि आफ्नै फुपूकी छोरी सुनमाया किसान (सार्की)को हत्या गरेको आरोप छ।

सुनमाया कीर्तिपुरस्थित कुष्ठरोग आरोग्य आश्रममा बसेर कीर्तिपुर कृषि कार्यालयमा जाने सुनमायाँलाई समरबहादुरले हत्या गरेको स्वीकारिसकेका छन्। २०७१ साल असोज ३१ गतेका दिन पनि समर बुबालाई भेट्न गएका थिए। समरले प्रहरीलाई दिएको बयान अनुसार राति सँगै खाना खाएर समर सुतेको थिए। त्यतिबेला सुनमाया फोनमा बोलिरहेकी अवस्थामा समरले सुन मायालाई सानो स्वरमा बोल्न आग्रह गरेको तर नमानेपछि विवादकै क्रममा सुनमायाले समरबहादुरमाथि हँसिया प्रहार गरेको समरबहादुरले बयानमा भनेका छन्।

सुनमायाको टाउकोमा हातले हिर्काउन सुनमाया कोठाको पलङको धारमा ठोक्किएर बोहोस भएको र आधा घन्टासम्म सुनमाया होसमा नआएपछि दुवै हातले घाँटी चिथेर मारेको प्रहरीलाई बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसीले बताइन् ।हत्यापछि उनले बिहान ४ बजेतिर नजिककै शौचालयमा लास राखेर भारत भागेका थिए। उनी नेपाल आएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी केसीले बताइन्।