म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारमा आइतबार विद्युत लाइनमा ‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा झण्डै ६० घरमा क्षती पुगेको छ भने ५ जना सामान्य घाईते भएका छन् ।

घारको ओडारे, भुवानीथान, भुन्या ईदार , बिरौटा क्षेत्रका घरधुरीमा क्षती पुगेको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको मेन लाइन र डिस्ट्रीव्युसन लाइनको तार जोडिदाँ हाइ भोल्टेज करेन्ट प्रवाहका कारण राम बरुवालको घरमा आगलागी भएको छ भने ५९ जनाको घरमा मिटर बक्स र वाइरिङमा क्षति पुगेको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठकराज बरुवाल क्षत्रीले जानकारी दिनुभयो ।

‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा गाउँका ५ वटा कुटानी पिसानी मिलमा क्षति पुगेको छ ।करेन्ट लागेर घाईते भएकाहरुको अवस्था समान्य रहेको र घरमै आराम गरिरहेको बताइएको छ ।

हाईभोल्टेज करेन्ट’ प्रवाह हुदाँ टेलिभिजन, मोटर, पंखा, फ्रिज, बत्ति लगायतका विद्युतिय उपकरण जलेर कामै नलाग्ने भएको प्रअ क्षत्रीको भनाई छ ।विगतमा समेत हाईभोल्टेज करेन्ट’ प्रवाहका बारेमा जानकारी गराउँदा समेत बेवास्ता भएको स्थानीयको गुनासो छ । क्षतिको यकिन विवरण आउँन बाँकी छ । यसैबीच हा–इभोल्टेजबाट भएको क्षतीको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply