म्याग्दी नदीमा जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गरिएको छ । म्याग्दी र कालिगण्डकी खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको अवस्थामा बेनी नगरपालिका–७, बाट म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थल हुदै मालढुंगासम्म छोटो प्याकेजटको जलयात्रा सुरु गरिएको हो ।

र्‍यापिट रनर नामक र्‍याफ्टिङ कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताए । ‘नदी आसपासमा निर्माणधिन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ, म्याग्दी नदीको अहिलेको अवस्थामा जलयात्रामा भने कुनै असर गदैन’ गाइड रानामगरले भने । उनले म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारी समेत गरेको बताए ।

बेनी नगरपालिका वडा नं ६ र ७ वडाभित्रका केही ठाउँमा समस्या भएपनि पहिलोपटक जलयत्रामा निस्किएका पर्यटकले आनन्द महसुस गर्ने बताए । यसअगाडी गलेश्वरदेखि म्याग्दी र कालिगण्डकी दोभान आसपासबाट जलयात्रा गराउने गरेको कम्पनीले म्याग्दी खण्डलाई समेत रोज्न थालेका छन् । म्याग्दीबाट नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने गाइड रानामगरको भनाई छ ।

यसअगाडी बेनीको कालिपुलस्थित गण्डकी होटलले समेत स्पलास नेपाल एडभान्चरसँगको सहकार्यमा जलयात्रा सञ्चालन गदैं आइरहेको छ। म्याग्दी र कालिगण्डकी नदीमा दुर्घटनाको जोखिम कम र पानीको बहाव राम्रो भएकाले पनि बालबालिकादेखि बृद्धबृद्धासम्मले जलयात्रा गर्न सकिन्छ ।

बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पुग्न तीन दिन जलयात्रा गर्नुपर्दछ । र्‍याफ्टिङको प्रबद्र्धन गर्न सके आन्तरिक पर्यटकका लागि पर्यटनको ‘हव’ बनाउन सकिने भएकाले म्याग्दी उद्योग वाणिज्य संघले समेत थप योजना बनाइरहेको अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘म्याग्दी र कालिगण्डकीबाट साप्ताहिक रुपमा र पछि नियमित सञ्चालनको योजना छ, र्‍याफ्टिङ ब्यवसायीसँग सहकार्यको तयारी भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भने । म्याग्दीमा निजी क्षेत्रको प्रयासमा महोत्सव तथा अन्य समयमा समेत ¥याफ्टिङ सञ्चालन हुने गरेको छ ।

 

 

 

Leave a Reply