बेनी नगरपालिका-७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई प्रदान गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै बेनी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समेत रहनुभएका फगामीले वौद्दिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन सहित खानपानको समेत व्यवस्थापन गर्दै आएको विद्यालयलाई सहज होस भनेर खाद्यान्न सहयोग उपलब्ध गराईएको बताउनुभयो । साथै उहाँले छोरा वुहारीको ईच्छा अनुसार यस्तै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक क्षेत्रीले फगामी परिवारको यो सहयोगले विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई राहत मिल्ने बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेल बहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दुर्गा वुढाले गर्नुभएको थियो ।

Leave a Reply