लामो सयमसम्म पानी नपरेपछि म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकम पधेराचौरमा आकाशे पानी माग्दै बरुण देवताको पूजा गरिएको छ । लामो समयसम्म खडेरी परेपछि बनजंगलमा आगलागी र खेतीपाती सुक्न थालेपछि २४ घण्टे अखण्ड कृतन र ६ जना पण्डितले ४ घण्टासम्म जल समाधी गरी ४५ हजार जप गदैं पूजा समापन गर्नुभएको थियो ।

लामो खडेरी र अन्नपात खेतबारीमै सुक्ने थालेपछि ताकमबासीले परम्परागत मान्यताकै आधारमा मंगलबार र बुधबार गरी दुई दिनसम्म पूजाआजा गरेको स्थानीय पत्रकार गोपाल आचार्यले बताउनुभयो । ‘बरुण देवताको पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने किम्बदन्ती रहेको छ, परापूर्वकालदेखि नै पूजा गर्ने चलन छ’ पत्रकार आचार्यले भन्नुभयो ।

लामो खडेरी पर्दा ताकमबासीले बरुण देवताको पूजा गरी आकाशे बर्षाको कामना गर्ने गरेका छन् । खडेरीले अन्नबालीमा क्षती, खानेपानीको मुहान सुक्दै जानुका साथै डढेलोले बनजंगल सखाप भएपछि ग्रामिण क्षेत्रका किसान निकै चिन्तित छन् ।
तस्वीर सौजन्य गोपाल आचार्य

Leave a Reply