म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबल हुने भएको छ । नेकपा एमाले निकट यूवा संगठन राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १४ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार रहेको प्रदान गर्ने संघमा सचिव सुसन किसानले बताए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त् १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा दर्ता शुल्क पुरुषतर्फ ८ हजार, र महिलातर्फ ४ हजार कायम गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीका अध्यक्ष विजय घर्तीमगरले यूवालाई राजनीतिसँगै खेलकुदमा समेत जोड्ने गरी प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिताको खेल संयोजक सौगात गुरुङलाई तोकिएको छ भने आर्थिक संकलन, पत्रचार तथा विभिन्न तयारी सुरु भएको आयोजकले जनाएको छ ।

Leave a Reply