बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन शुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न थालेको छ । उत्पादन शुरु गर्नु भएको तीन महिनामै बजारबाट धान्नै नसक्ने माग आउन थालेको उत्पादक काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले बताउनुभयो ।

उद्योगमा दैनिक एक हजार पाँच सय थान बिस्कुट उत्पादन गर्ने क्षमता रहेको तर माग १५ हजार थान रहेको उहाँले बताउनुभयो । अहिले आधुनिक मेसिन खरिद प्रक्रियामा रहेको र मेसिन प्राप्त भएपछिटोछिटो  माग धान्न सक्ने उद्योगी चानसिंह श्रीसले बताउनुभयो । उहाँले ७० ग्रामको विस्कुट २० रुपैयाँमा बेचिरहनुभएको छ । उहाँले उत्पादन गर्ने बिस्कुटलाई नेपाल सरकारले गुणस्तरको चिह्नसमेत प्रदान गरिसकेको छ । श्रीसले घरेलु उद्योग फस्टाउन थालेपछि पाँच जनालाई प्रत्यक्ष रोजगारीसमेत दिनुभएको छ ।

Leave a Reply