नेकपा एमाले बेनी नगरपालिका-९, घतानको वडा अधिवेशनबाट चिरञ्जीवि सुबेदीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । शनिबार घतानमा सम्पन्न भएको भेलाबाट उपाध्यक्ष अमरबहादुर बस्नेत, सचिब क्षेत्र बहादुर बरुवाल, उपसचिव सम्मरबहादुर मिजार रहनुभएको छ ।

वडा अधिवेशनको उद्घाटन गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले गदैं नेकपा एमाले जनताको घरदैलोमा पुगेर जनताको सेवामा केन्द्रित हुने पार्टी भएकाले वडास्तरमा समेत रचनात्मक कार्यलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।

अधिवेशनमा बेनी नगर कमिटी निर्वतमान अध्यक्ष नारायण जिसी, नगर कमिटि अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला कार्यसमिति सदस्य बेलबहादुर चोखालले मन्तब्य राख्नुभएको थियो । बेनी नगरपालिकाका ९ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने बेनपा ३ भकिम्लीमा निकट भविस्यमै सम्पन्न गरिने नेकपा एमाले बेनी नगर कमिटिले जनाएको छ ।

Leave a Reply