म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ पिपलबोटमा खेतबारीमा रहेको गाँजा फँडानी गरेर नष्ट गरिएको छ । समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रबनानि हरि बहादुर थापाको नेतृत्वमा गएको टोलीले २ सय वटा गाँजाका बोट फँडानी गरेको जनाएको छ ।

स्थानीय यूवा तथा बाहिरबाट आउनेबाट गाँजाको प्रयोग हुन सक्ने भन्दै समुदायको पहलका खोजीखोजी नष्ट गरिएको प्रहरीले जनाएको छ । संकलित गाँजाका बोट वडा अध्यक्ष भुपेन्द्रबहादुर क्षत्री, आमा समूह तथा स्थानिय बासिहरुको रोहवरमा नष्ट गरेको थियो । समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । म्याग्दीको सहरबजार बाहेक ग्रामिण क्षेत्रमा समेत लागु पर्दाथ, औषधको प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान नै सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको हिरासतमा र प्रहरीको निगरानीमा रहेका लागु औषधका प्रयोगकर्तामध्ये करिब ८० प्रतिशतले गाँजाको सेवनबाटै शरीरका विभिन्न भागबाट प्रयोग गर्ने सिरिन्जको खोजी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ । म्याग्दीमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ। नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ। एक गाँजा, अर्को अफिम । दुबै प्रकारको उत्पादनबाट म्याग्दी उच्च जोखिममा रहेको छ। लागुऔषधको प्रयोग र ओसार पसारले समाजमा विभिन्न खाले अपराध निम्त्याएकाले न्यूनीकरण गर्दै लैजान प्रहरीले अभियान चालेको जनाएको छ ।

 

Leave a Reply