म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले बेनी अस्पताललाई दुई थान यूरोगार्ड सहयोग गरेको छ । आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीलाई शुद्ध खानेपानी वितरणका लागि शाखा प्रबन्धक सुमित सुबेदीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अञ्जु थापालाई हस्तान्तरण गरे ।

अस्पतालका प्रत्येक यूनिटमा चेकजाँचका लागि आउने बिरामीलाई सहज हुने गरी ३४ हजार बराबरको सहयोग गरिएको शाखा प्रबन्धक सुबेदीले बताए । बैंकले वित्तिय कारोबारसँगै वित्तिय साक्षरता, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरेको प्रबन्धक सुबेदीको भनाई थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुबेदी, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राखेका थिए। कार्यक्रममा मनोचिकित्सक डा। अनुषा मानन्धर, अस्पतालकी सुचना अधिकारी खेमकुमारी पन्तको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक सुबेदी, स्वागत कर्मचारी अजित जिसी र सञ्चालन सहायक प्रबन्धक आनन्द पौडेलले गरेका थिए ।

Leave a Reply