बेनी नगरपालिका-५,की सलिना थापा बानियाँको एक महिने कुक तालिम लिर्दैंछिन्। बैदेशिक रोजगारीमा सजिलो हुने र जागीरको समेत समस्या नहुने भन्दै सलिनाजस्तै सिसन नेपाली र रिना खत्रीले खानाको परिकार बनाउने सीप सिकिरहेकी छन् ।

बेनीमा नियमित कुक तालिम सञ्चालन गदैं आएको सिटिइभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टरमा पछिल्लो समय बैदेशिक रोजगारी र सीप सिकेर बैदेशिक रोजगारी र स्देशमै स्वरोजगार बन्ने महिलाले समेत धमाधम कुक तालिम लिन थालेको देखिन्छ।तालिममा सहभागी २५ जना महिला सहित ४५ जना चिटिक्क पहिरन, हँसिलो मुहारसँगै नियमित तालिममा सहभागी हुने गरेका छन् ।

‘अहिले खानाको परिकार बनाउने सीप कुक तालिम गर्दै छु, सीप सिकेर विदेश जाने सोच छ, यही पनि रोजगारको समस्या नहुने रहेछ’ बेनी नगरपालिका–१ की रिना खत्रीले भनिन् । कुक तालिम लिएपछि काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारमा समेत थप सहज हुने उनको भनाई छ ।

तालिममा नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन मात्रै नभई होटलमा आउने ग्राहकको रोजाई अनुसारको परिकार बनाउने, थप नयाँ परिकारका बारेमा समेत प्रशिक्षक अस्मिता दाहालले सिकाइरहेकी छन् । ‘सिप भए अवसरको समस्या हुदैन्, स्वरोजगार बन्ने सपना देखेपछि कुकु तालिमले रोजेको छु’ सिसन नेपालीले भनिन्।

तालिम बाहेक यूटुव लगायत विभिन्न माध्यमबाट समेत सिक्ने अवसर मिलेको उनले बताइन् । तालिममा ४० जना पुरुष र २० जना महिला सहभागि छन् । तालिम सिकेर व्यवसाय सञ्चालन गर्नुका साथै नभए अरूलाई सिकाएर पनि कमाउन सकिने तालिममा सहभागी महिलाको भनाई छ ।

पछिल्लो एकदशक यता करिब एक हजार जनालाई तालिम दिइसकेको एसियन होटल टे«निङ्ग सेन्टरका सञ्चालक रविन घलेले कुक तालिम लिनेहरु बेरोजगार बस्न नपर्ने बताए । ‘तालिम लिएका कुकलाई खाली हात बस्नुपदैन्,‘अहिलेसम्म तालिमपछि आफै ब्यवसाय सञ्चालन गर्ने धेरै छन्’ घलेले भने । म्याग्दीमा होटल तथा रेष्टुरेन्टमा कार्यरत दक्ष जनशक्ती अधिकांस जिल्ला बाहिरबाट आउने गरेको अवस्थामा जिल्लाभित्रै माग उच्च रहेको उनले बताए ।

छोटो, मध्यम र लामो प्रकारको तालिममा सहभागी कुकले नेपालभित्र नै राम्रो रोजगारीको अवसर पाउने गरेको बताए । तालिममा बढी भन्दा बढी प्रयोगात्मक हुने भएकाले सीटीईभीटीको पाठ्यक्रम अनुसार ८० प्रतिशत प्रयोगात्मक हुनुपर्ने बताए। कोर्स सकेका ९० प्रतिशत हाराहारीले रोजगारी पाउने उनले बताए ।

जेहेन्दार विद्यार्थीलाई शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिएर समेत तालिम सञ्चालन गर्ने गरिएको छ । म्याग्दीमा कुक, वेटर, वेट्रेस, हाउस किपिङ, बार टेण्डर, नान तन्दुरी रस्पेशल डिप्लोमा लगायतका तालिमहरुमा माग धेरै छ ।

 

Leave a Reply